पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो। मूल्य घटेसँगै काठमाडौंमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्