सरकार बनाउने ढलाउने खेलमा छैनौ प्रचण्ड

डडेलधुरा –  पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नरहेको बताउनु भएको छ ।

मध्य पहाडी लोक मार्गमा जनता सङ्ग माओवादी जागरण अभियानका क्रममा डडेलधुरामा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले सरकारले गरिरहेका कुशासन र बेथितिको बारेमा भने सधैँ खबरदारी गर्ने बताउनु भएको छ ।

तराइ मधेस जागरण अभियान चाहे भन्दा बढी सफल भएको र मध्य पहाडी लोक मार्ग पनि सफल हुने भन्दै सुदुरपश्चिमलाई सधैँ प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताउनु भएको छ ।

सुक्खा बन्दरगाह निर्माणको सुरुवात , सुदूरपश्चिम विश्वविद्यालय निर्माण गेटा दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय लगायतका कामहरू आफ्नो नेतृत्वमा रहेको सरकारले गरेको उहाँको भनाइ रहेको छ ।

डडेलधुरा पुगेर काँग्रेसका सभापति शेर बहादुर देउवा सङ्ग कुराकानी गरेको प्रसङ्ग कोट्याउँदै कृषि, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा विकास गरेर डडेलधुराबाट हुने बसाई सराइ रोक्नुपर्ने उहाँको भनाइ रहेको छ ।

सङ्क्रमणकालीन न्याय छिट्टै टुङ्गिनु पर्छ भन्नेमा माओवादी दृढ रहेको उहाँको भनाइ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.