लुम्बिनीमा बौद्ध संग्रहालय संरक्षण प्रयोगशाला

रुपन्देही- बिश्व सम्पदा क्षेत्र लुम्बिनीमा नेपालमै पहिलो पटक संग्रहालय संरक्षण प्रयोगशालाको स्थापना गरिएको छ । लुम्बिनीमा स्थापना गरिएको लुम्बिनी संग्राहलय संरक्षण प्रयोगशाला नेपालकै अत्याधुनिक संरचना सहितको प्रयोगशाला भएको दावि गरिएको छ ।
लुम्बिनीमा स्थापना गरिएको लुम्बिनी संग्राहलय संरक्षण प्रयोगशालामा दुई हजार वर्षभन्दा पुराना बौद्ध इतिहाससँग सम्बन्धित पुरातात्विक र कलात्मक वस्तुहरूको वैज्ञानिक संरक्षण, पुनःस्थापना, र अनुसन्धान गरिने लुम्बिनी बिकास कोषले जनाएको छ । विश्वकै एक पवित्र धार्मिक स्थलको मुटुमा अवस्थित यो संरक्षण केन्द्रले विगतमा पुरातात्वीक उत्खननद्वारा फेला परेका वस्तुहरूको संरक्षण गर्ने कोषको दावि छ ।
लुम्बिनी संग्रहालय संरक्षण केन्द्रको सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्री पाण्डेले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभयो । सो अवसमार बोल्दै मन्त्री पाण्डेले निकट भविष्यमा बौद्ध सम्पदा संरक्षणका लागि दक्षिण एशियामै एक उत्कृष्ट अनुसन्धान र सहकार्य केन्द्रको रूपमा स्थापित हुने लक्ष्य राखेको जानकारी दिनुभयो ।
यु।एस। एम्बेसडर फण्ड फर कल्चरल प्रिजरभेसनको सहयोगमा बुद्ध फाउण्डेशन, लुम्बिनी विकास कोष र पुरातत्व विभागको संयुक्त साझेदारीमा सञ्चालनमा ल्याइएको प्रयोगशालामा अत्याधुनिक परीक्षण उपकरण, जलवायु–नियन्त्रित भण्डारण कक्षबाट पुरातात्वीक बस्तुको संरक्षण गरिने लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले जानकारी दिनुभयो । उहाँले सम्पदा संरक्षणका लागि प्रयोगशाला सन्चालन हुँदा यसले पुरातात्विक बस्तुहरुको संरक्षणमा ठूलो टेवा पुग्ने अपेक्षा राखेको बताउनु भयो ।
नेपालका लागि अमेरिकी दूतावासका उपप्रमुख ज्यासन मिक्सले प्रयोगशालाले प्राचीन कलाकृतिको अमूल्य सम्पदाहरुको संरक्षण र अभिलेखन गर्ने विश्वास दिलाउनु भयो । नेपालस्थित अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष ९एएफसीपी० मार्फत् सहयोग गरी अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरिएको हो ।
बुद्ध फाउण्डेसनका कार्यकारी निर्देशक सुम्नीमा उदासले लुम्बिनीमा स्थापना भएको प्रयोगशालाले पुरातात्वीक बस्तुको संरक्षण कार्यलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रयोगशाला शुरुभएसंगै २ जना क्यूरेटर राखेर पुरातात्वीक बस्तुको संरक्षण गरिने बताउनु भयो । सम्पदा संरक्षण केन्द्रमार्फत स्थानीय विज्ञहरूलाई दीर्घकालीन सीप प्रदान गर्दै संरक्षणको कार्यलाई निरन्तर जारी राख्ने गरी योजना बनाईएको फाउन्डेसनले जनाएको छ ।
लुम्बिनी संग्रहालयमा लुम्बिनीमा उत्खनन गरिएका इसा पूर्वको छैटौं शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका पक्की माटोका प्रतिमा, ढुंगाका मूर्ति, सिक्का र अन्य अवशेषहरू राखिएको छ । प्रयोगशालाले बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक वस्तुहरुको टुटेफुटेको जोड्ने, पुरातात्विक बस्तुहरुलाई जोगाउदै प्राचीन कलाकृति, सम्पदाहरुको संरक्षण र अभिलेखन गर्ने कार्य समेत गर्ने छ ।
फोटो क्यापसन स् लुम्बिनी संग्रहालय संरक्षण केन्द्रमा पुरातात्विक वस्तुको संरक्षण गर्दै अध्येता ।
तस्विर : दीपक घिमिरे






प्रतिक्रिया राख्नुहोस्