बसाइँ सराइले मासिदै मगरहरूको विवाह संस्कार

रुकुम पूर्व-   रुकुम पूर्वमा मगर समुदायको संस्कार संस्कृति फरक किसिमको रहेको पाइन्छ ।

नेपालकै तेस्रो ठुलो र आदिवासीमा पहिलो ठुलो समुदाय हो मगर समुदाय। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका मगरहरू भोट-बर्मेली भाषाअन्तर्गतका तीन फरक भाषा बोल्ने गर्छन् । रुकुम, रोल्पा र पश्चिम बागलुङका मगरले बोल्ने भाषालाई खाम (अठार मग रात) भनिन्छ भने बागलुङदेखि पूर्व तर्फ भुटान, सिक्किम, दार्जिलिङतिर बोल्ने भाषालाई ‘ढुट’ (बाह्र मग रात) भनिन्छ
ती पुर्खामध्ये पाल (गोरा) का सन्तानले रिडीदेखि पूर्व गोरखासम्म फैलिएर बाह्र वटा राज्य स्थापना गरे भने मोल (काला) का सन्तानले रिडीदेखि पश्चिम महाकालीसम्म अठार वटा राज्य स्थापना गरे। त्यसैले बाह्र मग रातलाई गोरा क्षेत्र र अठार मग रातलाई काला क्षेत्र पनि भनिन्छ ।

मगर समुदाय बहुभाषिक भएकाले उनीहरूले जाँड–रक्सीलाई सम्बोधन गर्ने नाम पनि भाषाअनुसार फरक छ । मगर समुदायमा सबभन्दा बढी रक्सी चाहिने र नभई नहुने विवाहमा हो । मगर समुदायमा मागी र भागी विवाहको चलन धेरै रहेको छ । मागी विवाह गर्दा आफ्नो समाजको ‘जैसी’ बोलाएर मामा चेली र फुबु चेलाको लगन हेरिन्छ । उपयुक्त समय मिलाएर बिहे गर्ने गर्छन् । मगर समुदायमा फुपूको छोराले मामाकी छोरी विवाह गर्ने चलन छ । फुपूको छोरा र मामाकी छोरीबिच मगनी भएर कुरा छिनियो र दुवैपट्टिका अभिभावक मन्जुर भए भने तुरुन्तै विवाह गरिन्छ । विवाहको प्रस्ताव लैजाँदा केटी पक्षले रक्सी खाए विवाह पक्का मानेर लगनको तयारी थालिन्छ ।

विवाहपछि ‘सोधनी जाने’ भन्ने हुन्छ त्यसमा छोरीलाई ल्याएको खबर दिन केटा पक्षका आफन्तजन जान्छन् र ढोग भेट कहिले गर्ने भनेर सोध्छन् । सोधनीपछि माइती पक्ष मन्जुर भयो भने विवाह हुन्छ । यसरी विवाहका लागि केटीको घर जाँदा रक्सी लग्नुपर्छ । माइतीको मागअनुसार अन्य सर सामग्री पनि लग्नुपर्छ । मगर समुदायमा एउटा भनाइ प्रचलनमा छ शिरको राजा, कुमको माइती ।
कुमको माइती भएकाले छोरी भान्जाले माइतीलाई आफ्नो मान्नुपर्छ । माइतीले आपत्कालीन समयमा छोरी भान्जा अनिवार्य बोलाउने चलन छ ।

अठार मग रातमा भान्जा बिना माइतीको कुनै काम अगाडि बढाउन मुस्किल हुन्छ । संस्कार संस्कृति धेरै भए पनि पछिल्लो समय बसाइँ सराइले संरक्षणमा समस्या भएको स्थानीय अगुवाहरूले दुखेसो गर्छन् । विवाहलाई माइती भान्जा भेटघाट हुने उत्सवको रूपमा लिइन्छ । यहाँका मगर समुदायले भान्जालाई कतिको बलियो छ भनेर हरेक काममा सताउने गर्छन् । अन्य कर्मकाण्डमा भान्जालाई राजा मानेर सम्मान गरे पनि नव दुलाहालाई काममा सताउने गर्छन् । बिहेमा चेलीबेटी र भान्जाहरूलाई नयाँ कपडाले सम्मान गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.