हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार रहेको छ: भारतीय वनमन्त्री यादव

काठमाडौँ – भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार रहेको बताउनुभएको छ।
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले
महत्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि हामीले यसका प्रभावहरू प्रत्यक्ष रुपमा साक्षात्कार गरेको बताउनुभयो।
भारतले हिमाली राज्यहरू र उनीहरूका जनताको चिन्तालाई साझा गर्दछ भन्दै उहाँले हाम्रो वातावरणीय भविष्य अभूतपूर्ण तवरबाट जोडिएको बताउनुभयो।
संकटका लागि हाम्रो न्यूनतम भूमिकाको बाबजुद पनि यसको तत्कालीन माग अनुरुप भारत जलवायु कार्यमा योगदान पुर्याउन गहिरो रुपमा प्रतिबद्ध रहेको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्