कृष्णभरमा पहिरो रोकथामका लागी काम सुरु

धादिङ – पहिरो रोकथामका लागी पहिलो चरणमा पहिरो बगेको स्थानको भू–बनावटको बारेमा अध्ययन पछि कृष्णभरमा पहिरो रोकथामका लागी काम सुरु गरेको छ ।
विशेष प्रविधि माइक्रो पाईल र रक यङ्गर प्रविधिको प्रयोग गरेर पहिरो रोकथामका लागी काम गरेको हो ।
गत असोज महिनामा तीन दिनसम्म परेको अविरल वर्षाले गर्दा कृष्ण भीर भासिए पछी सो क्षेत्रमा सवारी आवत जावतमा समेत समस्या हुँदै आएको छ ।
अविरल वर्षासँगै त्रिशूली नदीमा आएको बाढीका कारण कृष्ण भीरको तल्लो भाग जहाँ नदी नियन्त्रणका लागी राखिएको मेसिनरी वाल बाढीले भत्काए पछि पहिरो बगी सडक चर्किएर भासिएको हो । अहिले सो क्षेत्रको भौगौर्विक अध्ययन पछि पहिरो नियन्त्रणमा माइक्रो पाईल र रक–याङ्कर प्रविधिबाट फलामका विम गाडेर पहिरो रोकथामका लागी काम भई रहेको छ ।
निर्माणका क्रममा आधुनिक उपकरणको प्रयोगरी जमिनमा ड्रिल गरेर फलामे विम गाडिएको हो । जमिन ड्रिल गर्दा माटोको सतह भन्दा पैँतिस मिटर तल बलियो चट्टान भेटिएको र सोही भागसम्म फलामे विम गाडिएको काममा संलग्न प्राविधिकको भनाइ छ । प्राविधिकका अनुसार अब भने जमिन स्टेवल गर्न सकिने र केही हदसम्म भए पनि पहिरोबाट सडकलाई बचाउन सक्ने छ ।
सडकको पचास मिटर भाग पहिरोका कारण भासिएकोले गर्दा अहिले सवारी एकातर्फ मात्रै सञ्चालनमा रहेकोमा अब भने मध्य मनसुन अगावै काम सम्पन्न गर्ने गरी निर्माणको काम भई रहेको छ ।
सङ्घीय राजधानी प्रवेश गर्ने प्रमुख मार्गको मलेखु मौवा खोला खण्डमा पर्ने कृष्ण भीरमा पहिरो नियन्त्रणका लागी सरकारले सबै किसिमको संयन्त्र प्रयोग गर्ने सडक विभागले जनाइएको छ ।
पहिरो पूर्ण रोकिएको करिब बिस वर्ष पछि सो स्थानमा सडक भासिएको हो । २०५७ साल देखी सो पहिरोले निकै समस्या आए पछि सडक विभागले करिब तिन करोडको लगानीमा २०६० सालमा पहिरो व्यवस्थापन गरी सडक दुवै तर्फी सञ्चालनमा ल्याएको थियो ।






प्रतिक्रिया राख्नुहोस्