ऊर्जा प्रबलीकरण गरी सुधार गरिएको उर्जायूक्त् कक्षा कोठा बाट पठनपाठन सुरु

रसुवा – मौसममा देखिएको परिबर्तन सँगै देशका उच्च हिमाली क्षेत्रमा चिसो बढी हुने भए पछि यसको प्रत्यक्ष असर हिमाली क्षेत्रका विद्यालयहरूमा पनि पर्न थालेको छ । जसका कारण पठनपाठनका लागि जाने साना उमेरका बालबालिकाहरू विद्यालयका कक्षा कोठामा बसेर अध्ययन गर्न नसके पछि रसुवाको गोसाईंकुण्ड गाँउपलिकाले प्रारम्भिक बाल विकास अध्ययन गर्ने बालबालिकाहरूको विद्यालयमा उपस्थिति नियमित गराउनका लागि ऊर्जा प्रबलीकरण गरी सुधार गरिएको उर्जायूक्त् कक्षा कोठा बाट पठनपाठन सुरु गरेको छ ।
चिसोका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आई बालबालिकाहरू नियमित विद्यालय आउन नसके पछि शैक्षिक सत्र सुरु भए सँगै गोसाईंकुण्ड गाउँपालिकाले पहिलो चरणमा जिल्लाको सदरमुकाम धुन्चेमा रहेको रसुवा माध्यमिक विद्यालयमा बाट ऊर्जा प्रबलीकरण गरी सुधार गरिएको उर्जायूक्त् कक्षा निमार्ण गरी पठनपाठन सुरु गरेको हो । उच्च हिमाली क्षेत्र वर्ष भरि नै चिसो भई रहने हुँदा विगतमा निमार्ण गरिएका कक्षा कोठाहरूलाई कार्पेट तथा वालहरूमा सजावट गरी कक्षा संन्चालन गरे पनि चिसोका कारण ५० प्रतिशत बालबालिकाले विद्यालय छोड्ने समस्या आए पछि गाउँपालिकाले युरोपियन युनियनको आर्थिक सहयोग तथा स्विच एसिया कार्यक्रम अन्तर्गत बिल्डिङ इनर्जी इफीसेन्सी ईन नेपालको प्राविधिक सहयोगमा ऊर्जा प्रबलीकरण गरी सुधार गरिएको कक्षा कोठा निमार्णको थालनी गरिएको गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो ।
नेपालमा पछिल्ला वर्षहरूमा विद्यालयहरू भूकम्प प्रतिरोधी त बनाइएका छन् तर कक्षा काठाको भित्रको तापिए सन्तुलनमा भने खासै ध्यान नदिइएको पाइए पछि ऊर्जा कम खपत गर्ने गरी भवन तथा कोठाहरू निमार्ण गर्ने कार्य साझेदारी रूपमा गरी रहेको बिल्डिङ इनर्जी इफीसेन्सी ईन नेपालका कार्यक्रम प्रमुख स्वेश प्रजापतिले बताउनुभयो ।
सुधार कार्य अन्तर्गत छाना, भित्ताहरू र भुईँमा ताप रोधन सामग्री जडान गरिएको छ । पुराना फलामका झ्यालहरू हटाएर युपीभीसी फ्रेमयुक्त डबल सिसा झ्याल राखिएको छ भने हावाको चुहावट हुने स्थानहरू बन्द गरी भित्तामा २५ मिलिमिटर इपीएस इन्सुलेसन र भुईँमा २५ मिलिमिटर एक्सपीएस इन्सुलेसन जडान गरिएको छ जसले कक्षाभित्रको तापमान सन्तुलनमा उल्लेखनीय सुधार ल्याएको छ । पालिकाको १५ वटा सामुदायिक विद्यालय मध्ये ११ वटा विद्यालयहरूमा ७ देखि १५ जना सम्म बालबालिकाहरू बाल विकास कक्षामा अध्ययन गरी रहेका छन् । प्रारम्भिक बाल विकासमा साना उमेरका बालबालिकालाई कक्षाकोठामा सिकाकाई लागि शारीरिक,सामाजिक,संवेगात्मक,बौद्धिक,भाषिक तथा सांस्कृतिक विकासमा सहयोग गर्न गोसाईंकुण्ड गाउँपालिकाले जस्तै अब ऊर्जा सक्षम, वातावरणमैत्री र बालमैत्री शिक्षाको अभ्यासलाई अन्य पालिकाले पनि अनुसरण गरी लागु गर्नु हो भने सामुदायक विद्यालयहरूमा साना उमेरका बालबालिकाले विद्यालय छोड्ने दरमा कमी आई शैक्षिक सुधार हुने अपेक्षा गर्न सकिन्छ ।






प्रतिक्रिया राख्नुहोस्