बजेटको सन्तुलित विनियोजनमा काँग्रेस सांसदहरुको जोड

माओवादीसंग गठबन्धन गरेर जाने कुनै सम्भावना छैन:

काठमाडौँ-  नेपाली कांग्रेसका सांसदहरुले बजेटको समान बितरणमा जोड दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले समान ढंगले बजेटको बितरण हुनुपर्ने लगाएतका सुझाव दिएका छन ।

बैठकमा गभर्नर नियुक्तिको बिषय, बजेटको क्षेत्रगत रुपमा सन्तुलित बितरण लगाएतका बिषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।

प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरुसंग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसंग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको उहाको भनाइ छ ।

अब केही दिनभित्रै गभर्नर नियुक्ति हुने जानकारी दिँदै प्रमुख सचेतक घिमिरेले बैठकमा प्रतिनिधिसभा सदस्यद्वय माया राई र मोहनबहादुर बस्नेतका विषयमा पनि कुरा उठेको बताउनुभयो ।

बैठकले प्रतिनिधिसभा सदस्य एवं नेता डा चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ ।

यस्तै, सांसद नागिना यादवका पिताको स्वर्गारोहण र नेपाली कांग्रेस ओखलढुङ्गा र तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति महेश कर्माेचाको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.