कोसी प्रदेश नीति तथा कार्यक्रम

विराटनगर- कोसी प्रदेश सरकारले जेठ ५ गते प्रदेश सभामा आर्थिक वर्ष०८२/८३ को नीति तथा कार्यक्रम पेस गर्ने निर्णय गरेको छ ।
आइतबार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले जेठ ५ गते दिउसो ३ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिने र प्रदेश प्रमुख परशुराम खापुङबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको पनि जानकारी दिनुभयो ।
यसै गरी प्रदेश सभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभालाई पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
संविधान अनुसार आषाढ १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने प्रावधान रहेकोले यस पटक नीति तथा कार्यक्रममा व्यापक छलफल गराउन कोसी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याउने संवैधानिक र कानुनी व्यवस्था रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्