रसुवा नाकाबाट करिब सात किलोग्राम सुनसहित एक जना पक्राउ

रसुवा-चीनको केरुङबाट रसुवागढीनाका हुदै ल्याईएको साँढे सात किलो सुन प्रहरीले बरामत गरेको छ ।
चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट स्याउको गाडिमा फल्स बटम बनाई लुकाएर ल्याएको भन्ने सुराकीको आधारमा खानतलासी गर्दा करिव साँढे सात किलो सुन बरामत भएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीको नेतृत्वको टालीले बा ४ ख ६२०१ नम्बर स्याउको कन्टेनर गाडिबाट आज दिउँसो साँढे सात किलो सुन फेला पारेको पुष्टि गरेको छ ।
प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीका अनुसार साँढे ७ किलो सुनसहित गाडि चालक गोसाइकुण्ड गाँउपालिका-५ का किशोर भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
सुन धनी को हुन भन्ने बारे भने बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्