अवरुद्ध कान्तिलोकपथ एकतर्फी संचालनमा

मकवानपुर- हेटौंडाबाट काठमाडौं जाने छोटो दुरीको अवरुद्ध कान्तिलोकपथ एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराति परेको बर्षाको कारण मकवानपुरको भिमफेदि गाउँपालिका ८ र ललितपुर जिल्लाको बागमती गाउँपालिका २ बिचको सिमानामा रहेको कान्ति लोकपथ सडकखण्ड अन्तर्गत बागमती पुल(बगुवा खोला) मा बनाइएको डाईभर्सन पानीको बहाव एक्कासी बढ्न गई ह्युमपाइप बगाउँदा बाटो अवरुद्ध भएको थियो ।
अवरुद्ध कान्तिलोकपथ मर्मत गरी एकतर्फी संचाललनमा ल्याइएको इलाका प्रहरी कार्यालय ठिंगनले जानकारी दिएको छ ।
कान्ति लोकपथ अबरुद्ध भएका कारण हेटौंडाबाट काठमाडौं जाने साना सवारी साधन र मोटरसाइकल एकतर्फी संचालनमा आएको र मझौला तथा ठूला सवारी साधनहरुले बैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्