दुर्घटनामा एक युवकको मृत्यु

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सुनवलमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सुनवल परासी सडक खण्ड अन्तरगत सुनवल– ९ स्वाठीमा भएको दुर्घटनामा रामग्राम– १ सण्डामा बस्ने वर्ष २२ का जीवन यादवको मृत्यु भएको हो ।
लु ३६ प २५०० नम्बरको मोटरसाइकलमा परासी तर्फ आँउदै गरेका यादवलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका यादवलाई उपचारका लागी पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठक्कर दिएर फरार भएको सवारी साधनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्