ऐतिहासिक स्थलमा एक घर एक धारा निर्माण सुरु

नुवाकोट-  नुवाकोटको विदुर नगरपालिकामा एक घर एक धारा योजनाको निर्माण सुरु भएको छ । उक् योजना अन्तर्गतको निर्माण कार्य सुरु भएको हो ।
विदुर नगरपालिका –२ नुवाकोट टाकुरोस्थित पर्यटकीय,  ऐतिहासिक नुवाकोट दरबार क्षेत्रमा तादी खोलाबाट लिफ्टिङ गरी पिउने पानी पुर्‍याउनका लागि चार करोडको लागतमा आवश्यक निर्माण कार्य सुरु भएको हो । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दर्ता गरी नुवाकोट टाकुरोमा  एक घर एक धारा पुर्‍यााउने लक्ष्य अनुसार भइरहेको कार्य   क्रमगत रूपले थप निर्माण कार्य भइरहेको विदुर नगरपालिका मेयर राजन श्रेष्ठले बताउनुभयो ।
स्थलगत अनुगमन गर्दै उक्त कार्यको गुणस्तरियता र प्रभावकारिताका लागि सम्बन्धित निर्माण कम्पनीलाई मेयर श्रेष्ठले निर्देशन दिए । सदाबहार बगिरहेको तादी खोलाबाट लिफ्टिङ गरी नुवाकोट डाँडामा खानेपानी पुर्‍याउने लक्ष अनुसार कुल ३ करोड ९३ लाख रुपैयाँको बजेटमा निर्माण कम्पनीद्वारा आइतवरदेखि उक्त कार्य सुरु भएको विदुर २ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिनुभयो ।
निर्माण कार्य शुभारम्भमा मेयर श्रेष्ठ, वडाध्यक्ष कायस्थका साथ सर्वसाधारण, उपभोक्ता, वडा प्रतिनिधिहरू, उपभोक्ता समितिका प्रतिनिधिहरू, खानेपानी संस्थाका इन्जिनियर तथा प्रतिनिधिहरू,  निर्माण कम्पनीका प्राविधिकहरू सहभागी थिए । नुवाकोट दरबार क्षेत्र कुनै समय देशकै राजधानी र जिल्ला सदरमुकामसमेत भएको पर्यटकीय स्थान हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.