पाल्पामा लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ गठन

पाल्पा- निर्माण व्यवसायीलाई एकताबद्ध बनाई उनीहरूको हकहित र अधिकारलाई बलियो बनाउन पाल्पामा लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ गठन गरिएको छ ।
जिल्लामा भएको प्रथम जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन समेत गरेको हो । जसको उपाध्यक्षमा शङ्कर बहादुर खाँण र राजेश कार्की चयन हुनु भएको छ भने महासचिवमा थानबहादुर कुँवर, उपमहासचिवमा सुरेन्द्र ढेंगाा र प्रकाश ज्ञवाली, कोषाध्यक्षमा अमन प्रसाद श्रेष्ठ, सह कोषाध्यक्षमा विष्णु सेन ठकुरी चयन भएको निर्वाचन कार्यक्रमका संयोजक मेजर सिं केसीले जानकारी दिनुभयो ।
सदस्यहरूमा किरण मल्ल, केशवबहादुर मल्ल, गन्भर सिं सिंजाली, युवराज चिदी, पवन कुँवर, देवेश बज्राचार्य, माधव पौडेल,राजनप्रसाद श्रेष्ठ र भरत विक रहेका छन् ।
अधिवेशन उद्घाटन सत्रलाई नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सम्बोधन गर्दै पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्कँदै गएकाले उनीहरूको समस्या पहिचान गरी मनोबल उठाउने दिशामा सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने जोड दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्