हुम्लामा सुक्खा पहिरो जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

हुम्ला- हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोवास गर्ने स्थानीय वासिन्दाहरुको घरमा क्षति पुर्‍याएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सो स्थानमा आवश्यक विपद् उद्वार सामाग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौज परिचालित भएको पनि शसस्त्र प्रहरी बलले जनाएको छ ।

पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानिको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमाताल रहेको आशंका गरिएको छ ।

सो स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको शसस्त्र प्रहरी बलले जनाएको छ। यसै बीच प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हिमताल फुटेर आएको पहिरोका कारण स्थानीय जोखिममा रहेका भन्दै उद्धारका लागि सरकारको ध्यानार्कषण गराउनुभएको छ। ।

अठार परिवारका ३२ जना हाल नजिकैको बारीमा त्रिपालको सहारामा बसिरहेको सदनलाई जानकारी गराउदै ततकाल राहत र पुनस्थापना गर्न आग्रह गर्न भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.