रुपान्तरण वहस: विषयवस्तुमा विशिष्टतासँगै प्रभाव र प्रवर्द्धनमा प्राथमिकता

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण नेपालले आज ‘रुपान्तरण बहस’ कार्यक्रमको आयोजना गर्‍यो ।

सार्वजनिक सेवा प्रसारणमा विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्द्धन’ विषयमा गरिएको रुपान्तरण वहसमा २ वटा सत्रमा छलफल भए ।

‘पिएसवी: प्रभाव र प्रवर्द्धन’ विषयक सत्रमा बक्ताहरुले जनताको चासोका विषयवस्तुलाई प्राथमिकता दिएर बजारमा प्रभाव र प्रबर्द्धन गर्नुपर्ने बताउनुभयो ।

उहाँहरुले तथ्याङ्कमा आधारित भएर श्रोता र दर्शकको बदलिँदो चाहनालाई सम्बोधन गर्न पनि सुझाव दिनुभयो ।

अहिले मिडियामा अस्वस्थ प्रतिस्पर्धा देखिएकाले  जनचासोको विषय छायाँमा परेको भन्दै विज्ञहरुले समयको माग, जनताको  आवश्यकता, सबै वर्गको विषय उठान जरुरी रहेको छ, भन्नुभयो ।

नेपाल विज्ञापन एजेन्सी संघका प्रथम उपाध्यक्ष उजय शाक्यले टेलिभिजन र रेडियोमार्फत दिइने सामाग्री तथ्याङ्कसहित जनचासोको विषय रहनु पर्नेमा जोड दिनुभयो ।

कोकाकला बहुराष्ट्रिय कम्पनीका बजार परामर्शदाता आस्रा भट्टराईले  कुन उमेर समुदायले कस्तो कार्यक्रम समाचारको समाग्री हेर्न वा सुन्न चाहान्छन् त्यसको अध्ययन गरी अघि बढ्न सुझाव दिनुभयो ।

बहुराष्ट्रिय कम्पनी डावरका बजार प्रमुख अभय गोर्खालीले जनचाहाना अनुरुपका सामग्रीले बजारमा अझै राम्रो प्रभाव पर्ने सुझाव दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका संचालक समिति सदस्य फूलमान बल तामाङले समयको आवश्यकता  अनरुप पिएसबीको सामाग्रीहरु उत्पादन गर्ने उदेश्य रहेको बताउनुभयो ।

संचालक समिति सदस्य अनिता गुरुङले हालका समाचार तथा कार्यक्रमका सामग्रीहरुलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सहभागी विज्ञहरुले नाफामुखी निजी संचारगृह भन्दा अलि फरक ढङ्गले पिएसबी जानुपर्ने सुझाव समेत दिनु भएको थियो ।

यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा भएको ‘सार्वजनिक सेवा प्रसारण: विषयवस्तुमा विशिष्टता’ शिर्षकको छलफलमा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुख डा कुन्दन अर्यालले पहिलेको तुलनामा पिएसवी पछि नीतिमा स्पष्टताआएको भएपनि अनुसन्धान निकाय , कार्यक्रमको निर्देशिका बनाएर अघि बढ्दा नतिजामुखी हुने सल्लाह दिनुभयो ।

आमसञ्चार विज्ञ रघु मैनालीले रेडियो नेपाल र नेपाल टेलिभिजनबाट हाल प्रसारण भइरहेका सामाग्री आमनागरिकमैत्री प्रारुपमा नभएकोले प्रष्ट सन्देश दिएर माध्यमहरुको गुमिरहेको साख बचाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

लैङ्गिक समानता र समावेशी विज्ञ भारती सिलवाल गिरीले पिएसवीको प्रारम्भ लैङ्गिक समानता र समावेशीकरणमा रुपान्तरणका लागि अवसर भएको बताउँदै जनताले भोग्नु परेका भेदभाव, छुवाछुत, अन्याय, हिंसा लगायतका विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पिएसवी सञ्चालक समितिका सदस्य डा भूमिराज चापागाईँले विज्ञहरुको सुझावसँगै दर्शक र श्रोतालाई ध्यानमा राखेर सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्याङ्कका आधारमा भावी कार्यक्रमहरु निर्माण गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.