३१ किलो ८२० ग्राम गाँजासहित तीन जनालाई पक्राउ

सिरहा – सिरहा प्रहरीले नरहा गाउँपालिका १ देवीपुरबाट लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सञ्जय दासले सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषि फार्मबाट ३१ किलो ८२० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । फार्ममा दुई वटा बोरामा लुकाएको अवस्थामा गाँजा बरामद गरिएको छ ।
फार्ममा गाँजा भेटिएपछि सञ्चालक नरहा गाउँपालिका १ का सञ्जय दास, सोही स्थानका रामशरण दास र बाराको कलैया ४ घर भई हाल नरहामै बस्दै आएका सञ्जय दासको गाडी चालकको रूपमा काम गर्ने धिरज महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्