धनकुटामा लागू औषध सहित चार जना नियन्त्रणमा

धनकुटा –  धनकुटा प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७, स्थित त्रिवेणी चोकका २५ बर्सिया अभिषेक लिम्बू र जिरोप्वाईन्ट बस्ने १९ बर्सिया सागर सहनी रहेका छन्। उनीहरूको साथबाट ब्राउन सुगर जस्तो लिसाईलो वस्तु बनाइएको २२ वटा पोका फेला परेको प्रहरीले जनाएको छ।

उक्त बस्तु २ ग्राम १२० मिलिग्राम र गोटी १० ट्याब्लेट सहित घरको कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा लिम्बुको घरको कोठामा खान तलासी गर्दा उनीहरूको साथबाट लागू औषध फेला परेको हो।

यस्तै धनकुटा नगरपालिका–१, हिले बस्ने २२ बर्सिया राम राई र २४ बर्सिया दावा छिरिङ तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीको अनुसन्धानका क्रममा उनीहरू लागू औषध बेचबिखनमा संलग्न रहेको पाइएको प्रहरी प्रवक्ता डिएसपी खनालले जानकारी दिनुभयो।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.