यो वर्षको मनसुन याममा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

काठमाडौँ – यस वर्षको मनसुन याममा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज मनसुन सिजनको हावापानी आकलन गरी सार्वजनिक गरेको हो।

विभागका अनुसार नेपालमा मनसुन सिजन जेठ १९ देखि असोज १४ अर्थात् जुन देखि सेप्टेम्बरसम्मको अवधिलाई बुझिन्छ।

यो सिजनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताउनु भयो । उहाँले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताउनु भयो । उहाँले यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताउनु भयो । उहाँले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराउनु भयो । यस्तै, उहाँले यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मनसुन ऋतुको वर्षाको आकलन चाहिँ यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । यस्तै, यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । यो पनि ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि यस वर्ष पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।”  

विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताउनु भयो । उहाँले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने बताउनु भयो । उहाँले यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकोले तयारी अवस्थामा बस्नुपर्ने बताउनु भयो । यस्तै, उहाँले मनसुन अगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने, १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनमा हुने हुनाले हामी यसको लागि तयारी भएर बस्नुपर्ने हुन्छ । यो बेलामा पहिरो जाने, बाढी आउने, धेरै जोखिम हुने, धनजनको क्षति हुने र धेरै विपद् आइपर्ने भएकोले यसको लागी तयार भएर बस्नुपर्ने हुन्छ । हामीले अगाडी नै तयारी गर्‍यौ भने ज्यू, धनको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।”  

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र २ सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.