गोरखामा बसले च्यापेर बालिकाको ज्यान गयो, आमा गम्भिर घाइते

गोरखा –  गोरखा सदरमुकाममा अहिले दिउँसो बसले च्याप्दा बालिकाको ज्यान गएको छ । सोही बसले च्यापेर बालिकाको आमा गम्भिर घाइते भएकी छिन् । ज्यान गुमाउने बालिका गोरखा नगरपालिका–४ की वर्ष ७ की सुबिना सुर्खेती भएको स्थानीय अर्जुन प्रताप राणाले जानकारी दिनुभयो ।

गोरखा बजारबाट आरुघाटतर्फ गएको बसले च्यापेर बालिकाकी आमा विनीता सुर्खेती गम्भिर घाइते भएकी छिन् । उहाँको गोरखा अस्पतालमा उपचार जारी छ । घटनास्थलमा स्थानीयले अवरोध गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही बस चढेर घर तर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासि अगाडी बढाउँदा पछाडिको चक्काले च्यापेर बालिकाको ज्यान गएको थियो भने आमा गम्भिर घाइते भएकी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.