जाऔं–जाऔं लाग्ने हिमालपारीको मुस्ताङ (फोटोफिचर)

म्याग्दी– धौलागिरि हिमालय क्षेत्रमा पर्ने मुस्ताङ नेपालको गण्डकी प्रदेशभित्र पर्ने एक उच्च हिमाली जिल्ला हो । यहाँ २१ हजार २ सय ४५ फिट अग्लो मुस्ताङ हिमाल पर्दछ । हिमालपारीको जिल्लाका रुपमा रहेको मुस्ताङ आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ ।

मुस्ताङमा घुमफिर गरेर रमाउनको लागि पर्यटकलक्षित थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्र तथा स्थलहरु रहेका छन् । पछिल्लोपटक मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरु धेरै संख्यामा पुग्ने गर्दछन् । मुस्ताङलाई नेपालको मरुभूमि भनेर पनि चिन्ने गरिन्छ । मुस्ताङमा स्याउ, आलु, फापर, जौलगायत फलफुल तथा खाद्यान्न बालीको उत्पादन हुन्छ । यहाँका स्थानीयवासीले व्यावसायिक रुपमा भेडा र चौंरीपालन गर्दै आइरहेका छन् ।

मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आईसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैचा रहेको छ ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यसैगरी यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, बाह्रवटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानी समेत पर्दछ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत वस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ (माटोको सहर)को नामले प्रसिद्ध रहेको छ ।

मुस्ताङमा खासगरी धार्मिक पर्यटकहरु कागबेनीमा आफ्ना पितृहरुको उद्धार गर्नका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै १०८ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् । यसका साथै मार्फाको स्याउ बगैचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, प्राचीन गुफा तथा गुम्बाहरुको अवलोकन एवं भ्रमणमा वर्षेनी थुप्रै पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङको भ्रमणमा बाह्य भन्दा पनि आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको पाइन्छ ।

विश्वमै चर्चित स्थानहरुमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकहरुबाट अधिकांश पर्यटकहरु विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाहरुबाट पनि मुस्ताङ घुम्न जाने पर्यटकहरुको भीड लाग्ने गरेको छ । बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति र मुस्ताङ–तिब्बत कोरला नाका खुलेसँगै मुस्ताङमा पर्यटकहरुको चहलपहल बढ्न थालेको देखिन्छ ।

यहाँ नेचुङ–लिची भन्सार कार्यालय, छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्रहरु मुस्ताङमा रहेका छन् । चालु आर्थिक वर्ष २०८१÷०८२ को वैशाख महिनासम्म मुस्ताङमा कुल १ लाख १३ हजार २ सय ८ जनाले मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले जानकारी दिनुभयो । मुस्ताङमा चालु वर्षको हालसम्म सार्क मुलुकहरुबाट ८७ हजार ६ सय ८१ जना र सार्कभन्दा बाहिरी मुलुकका २५ हजार ५ सय २७ जना पर्यटकहरुले भ्रमण गरेका छन् ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यसैगरी यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, बाह्रवटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानी समेत पर्दछ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत वस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ (माटोको सहर)को नामले प्रसिद्ध रहेको छ ।

मुस्ताङको भ्रमण गर्नका लागि पर्यटकहरु मनाङ र मुस्ताङको सिमानामा पर्ने अग्लो ठाउँमा रहेको भञ्ज्याङ थोरङ्लापास क्षेत्र भएर पुग्छन् । त्यस्तै यता पर्वतको कुस्मा–मालढुङ्गा हुँदै बागलुङबाट म्याग्दीको रत्नेचौर–बेनी–गलेश्वर भएर पनि पर्यटकहरु मुस्ताङ पुगेर फर्किने गरेको भेटिन्छन् ।






प्रतिक्रिया राख्नुहोस्