यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण

काठमाडौँ–  जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । बुधबार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।

विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताउनुभयो । उहाँले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

जस अनुसार कर्णाली प्रदेशको पूर्वी भुभाग, लुम्बिनी प्रदेशको. उत्तरी भू—भाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । यसैगरी अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ । मधेश प्रदेशको पूर्वी भुभाग र गण्डकी प्रदेशको मध्य भुभागमा सरदरभन्दा बढी ३५ देखि ४५ प्रतिशत तापक्रम बढ्ने सम्भावना छ ।

विभागले यस वर्ष बढी वर्षाको आँकलन गरेसंगै कृषि, वातावरणीय, वन क्षेत्रदेखि लिएर सबैमा प्रभाव पर्नेहुँदा तीनै तहका सरकारलाई ध्यानाकर्षण गराएको छ । कार्यक्रममा उपस्थित मन्त्री खड्काले विपद्जन्य घट्नाका बारेमा सबैभन्दा पहिला नागरिकलाई सूचना फैलाउन आवश्यक रहेको बताउनुभयो । मनसुनजन्य अपडेटहरु तत्काल जनता समक्ष पु¥याउँदै तात्कालिक हुने क्षतिबाट बच्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा आगामी मनसुन समयको वर्षा तथा तापक्रमको ऋतुगत आकलनबारे जानकारी गराइनुका साथै छलफलमार्फत सरोकारवालाको आवश्यकता पहिचान गरिएको थियो । सोहीअनुसार विभागको सेवा प्रवाहको सुदृढीकरण, सरोकारवालालाई मौसम तथा जलवायु सूचनाका बारेमा जानकारी गराइ आ–आफ्नो क्षेत्रको आगामी योजना तर्जुमालगायत जलवायु सूचित निर्णय प्रक्रियामा सहयोग र्पुयाउनु विभागको उदेश्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.