अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराई पक्राउ

भ्रष्टाचारको अभियोगमा कागजपत्रसहित भट्टराई अख्तियारको नियन्त्रणमा

काठमाडौँ- गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख तिर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहनु भएका भट्टराईलाई उहाँको कार्यालयबाटै कागजपत्रसहित आयोगले आज नियन्त्रणमा लिएको हो । भट्टराई सहसचिव तथा राजपत्रांकित प्रथम श्रेणीको अधिकृत हुनुहुन्छ ।

भट्टराईलाई भ्रष्टाचारकै अभियोगमा पक्राउ गरिएको भएपनि आयोगले आधिकारिक जानकारी दिन भने बाँकी रहेको छ । भट्टराई पक्राउ परेको कुरालाई गृहमन्त्रालयले पनि पुष्टि गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.