नेपाल टेलिभिजन समाचार प्रभाव

स्याङ्जा-  स्याङ्जाको गल्याङ नगरपालिका ९ बेल्चौर साँखरमा अवस्थित बाढीले क्षेत्री पुर्‍याएको झलुङ्गेपूल को अस्थायी मर्मत गरिएको छ । उक्त पुल बाढीले क्षेत्री पुर्‍याएको ११ महिनासम्म पनि मर्मत हुन नसकेको समाचार जेठ ५ गते नेपाल टेलिभिजनमा प्रसारण भए लगतै स्थानीय पूर्वाधार कार्यालय पोखराको प्राविधिक टोली पुगेर पुलको लट्ठा सिधा बनाई जोखिम समस्या समाधान गरिएको हो ।
स्याङ्जा र पाल्पा दुई जिल्ला  जोडने झलुङ्गेपूल गत असार छ, गते काली गण्डकीमा आएको बाढीले  उक्त पुलको लट्ठा चुँडाएपछी पुल कमजोर बनेको थियो । पुलको लट्ठा चुँडिएकाले पुल एकातर्फ वाट ढल्किएकाले दैनिक रूपमा साखर माझी बस्तीका विद्यार्थीहरू विद्यालय जानका लागी जोखिम मोलेरै विद्यालय जाने गरेका थिए । नदिमा पानीको वहा उच्च रहेकाले अस्थायी रूपमा लट्ठा खोलेर पुल सिधा पारिएको र आगामी मङ्सिरमा नदिमा पानीको वहा कम भएपछि पूर्ण रूपमा पुलको मर्मत गरिने पूर्वाधार कार्यालय पोखराले जनाएको छ ।
२०६१ सालमा पुलको निमार्ण भएको पुल मर्मत सँगै  दुई जिल्ला बिच आवत जावत तथा सामान ओसार पसार का लागी सहज हुने स्थानीय सन्त बहादुर माझिले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.