अपराधमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता

नुवाकोट-  अपराधमुक्त समाज निर्माण गरी देशलाई सुन्दर बनाउने आफ्नो योजना रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुण पौडेलले वताउनुभएको छ । यसका लागि सबैको सामूहिक सहयोग जरुरी रहेकोसमेत पौडेलले  बताउनुभयो ।

नुवाकोटको विदुरमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै डिआइजी पौडेलले अपराधमुक्त समाजको परिकल्पना अनुसार आफूले कार्य सुरु गरेको स्पष्ट पार्दै यसका लागि समाजमा रहेको सामाजिक शक्तिहरूको बलियो साथ आवश्यक रहेको बताउनुभयो । अपराध, लागू औषध, हिंशाले समाजलाई विकसित हुन नदिएको डिआइजी पौडेलले बताउनुभयो ।

शान्तिपूर्ण सामाजिक समाजका लागि पत्रकारिता क्षेत्रले समेत सहयोग गरिरहेको उहाँले बताउनुभयो । कानुनको पालना गराई समाजलाई अपराध, हिशा तथा दुर्व्यसनमुक्त गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको पौडेलले बताउनुभयो ।

पौडेलले जिल्ला प्रहरी कार्यालय नुवाकोट र रसुवाको स्थलगत निरीक्षण, अवलोकन तथा निर्देशनसमेत दिनुभयो ।  डिआइजी अरुण पौडेलको नेतृत्वमा आएको निरीक्षण टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र रसुवामा पुगेर स्थलगत निरीक्षण भ्रमण तथा निर्देशन दिएको हो ।

डिआइजी पौडेलको टोलीले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई परिसरभित्र रहेका पेरिमिटर, मेस, ब्यारेक, हिरासत कक्ष, सम्पूर्ण शाखाहरू, शौचालय, चमेना गृह, होसियारीजस्ता भौतिक संरचनाहरूको अवलोकन गरेको थियो । निरीक्षणको क्रममा डिआइजी पौडेलले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ पारदर्शिता कायम गर्दै जनमैत्री व्यवहार प्रदर्शन गर्न निर्देशन दिनुभएको थियो ।

उहाँले प्रहरी सेवाको गुणस्तर अभिवृद्धिमा सबैको सक्रियता आवश्यक भएकोमा जोड दिँदै कार्यक्षेत्रमा इमानदारिता र उत्तरदायित्व बोधका साथ काम गर्न आग्रह गर्नुभयो ।  प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले  जिल्ला प्रहरी कार्यालय रसुवा कोसमेत स्थलगत निरीक्षण गर्नुभयो ।

पौडेलले कार्यालयको भवन, ब्यारेक, मेस, पेरिमिटर, लगायत शाखाहरूबाट भए÷ गरेका काम कारबाहीको अभिलेखीकरणको निरीक्षण गर्नुका साथै  उत्कृष्ट कार्यसम्पादनको कदर स्वरूप रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.