संविधान विरोधी कार्य कुनैपनि हालतमा सह्य हुँदैन : प्रवक्ता गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान विरोधी कुनैपनि कार्यक्रम र गतिविधि सरकारलाई सह्य नहुने बताउनुभएको छ । संविधान विरोधी कार्य गर्नेलाई सरकारले कानूनी कारवाही गर्ने मन्त्री गुरुङको भनाइ थियो ।

जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरुङले राजा फर्काउने कुरा गर्नु नै संविधान विरोधी हुने भएकाले कसैलाई पनि यसतर्फ नलाग्न सचेत गराउनुभयो ।

गणतन्त्र स्थापनामा राजनीतिक दल र जनताले निक्कै ठुलो मुल्य चुकाएकाले पनि यसको रक्षाका लागि सत्तापक्ष र प्रतिपक्ष एक हुने मन्त्री गुरुङको भनाइ थियो ।

जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनमा राजावादीहरुले आन्दोलनको चेतावनी दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई चुनौती दिएको उहाँले बताउनु भयो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना-२०८२ लाई स्विकृत गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले विभिन्न ९ वटा निर्णयहरु गरेको बताउँदै गुरुङले बाढीजन्य विपद् न्यूनिकरणका लागि आवश्यक पर्ने अस्थाई नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्विकृती प्रदान गरेको जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.