पिएसबीमा रूपान्तरण बहस: व्यापक जनसहभागिताको अपेक्षा

काठमाडौँ- सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएसँगै नेपाल टेलिभिजन र रेडियो नेपाल यतिखेर नागरिकका अपेक्षा अनुसारका समाचार र कार्यक्रमको उत्पादन र प्रसारणमा केन्द्रित भएका छन् ।

रेडियो नेपाल र नेपाल टेलिभिजनमा गरिएका छुट्टाछुट्टै बहसमा कला, साहित्य, संगीत, उद्योग व्यवसायका साथै विभिन्न जाति र समुदायको सहभागिता रह्यो ।

सहभागीहरूले राष्ट्रिय दायित्व बोकेको सार्वजनिक सेवा प्रसारणले देशको कला, संस्कृति, कृषि र पर्यटनका साथै आम नागरिकका चासो र सरोकारका विषयलाई समेटेर समाचार र कार्यक्रमहरू प्रस्तुत गर्न सुझाव दिएका छन ।

लामो इतिहास भएका रेडियो नेपाल र नेपाल टेलिभिजनले संवैधानिक व्यवस्था अनुसार नागरिक केन्द्रित विषयवस्तुलाई बोक्ने भएकाले सार्वजनिक सेवा प्रसारणलाई जनमुखी बनाउन र देशका सबै भूगोलमा पहुँच विस्तार गर्न राज्यले पनि जिम्मेवारी निर्वाह गर्नुपर्ने सहभागीहरूको भनाइ थियो ।

यसैगरी, सूचना प्रविधिले ल्याएको परिवर्तनलाई आत्मसात गर्दै अहिलेको बजार र दर्शक श्रोताको रुचिलाई मिहिनरूपमा सम्बोधन गर्नुपर्नेमा पनि रूपान्तरण बहसमा सहभागीहरूले जोड दिनुभयो । 

रेडियो नेपाल र नेपाल टेलिभिजनमा आयोजित कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रूपान्तरणको महत्वपूर्ण चरणमा सार्वजनिक सेवा प्रसारण रहेको र यसको सफल कार्यान्वयनका लागि नागरिकको सक्रिय सहभागिता अत्यावश्यक रहने बताउनुभयो ।

सञ्चालक समितिका सदस्य फूलमान बल तामाङ र अनिता गुरुङले  सार्वजनिक सेवा प्रसारण नेपाल  नागरिकको आकाङ्क्षालाई आत्मसात गर्दै अघि बढ्ने बताउनुभयो  ।

कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले गौरवमय इतिहास बोकेका दुवै संस्थाले  नागरिकसँग जोडिएर थप प्रभावकारी कार्यक्रम उत्पादन गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका निमित्त नायब महाप्रबन्धक आरती चटौतले सहभागीहरूको सुझाव नयाँ विषयवस्तुको पहिचान र कार्यक्रमको खाका निर्माणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

विगतको भन्दा फरक शैली र प्रस्तुतिमा नागरिकका निकट भएर विषयवस्तु टिप्न थालेका दुवै सञ्चार संस्थाले विषयवस्तुमा विविधता र विशिष्‍टता कायम गर्दै प्रदेशदेखि स्थानीय तहसम्मको पहुँच, प्रभाव र प्रवर्द्धनलाई प्राथमिकता दिएका छन् ।।


प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.