कर्णाली प्रदेश सरकारको राहत हुम्ला पुग्यो

हुम्ला- कर्णाली प्रदेश सरकारले नाम्खा गाउँपालिका-६ तिल गाउँ का हिम पहिरो पीडितलाई राहत पठाएको छ।

जेठ- १ गते हिमताल भासिएर तिल गाउँ विस्थापित भएको थियो। कर्णाली प्रदेश सरकारले विस्थापितलाई पठाएको राहत हुम्ला पुगेको छ। २० क्विन्टल मैदा , १८ सेट साेलार , ५ सेट चिनियाँ टेन्ट, म्याटेस लगायतका सामानहरू प्रदेश सरकारले राहत पठाएको हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो। खार्पुनाथ गाउँपालिका- १ को बाेक्चे गाैडा पुगेर राहत बुझेको प्रजिअ पाण्डेयले बताउनु भयो।

नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा हुम्ला जिल्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेल लगायतको टोली खार्पुनाथ पुगेर राहत सामाग्री बुझेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको भनाई छ।

बाेक्चेगाैडामा सडक निर्माण भइरहेकोले सिधै सदरमुकाममा सिमकाेट पुग्न नसकेको हो। राहत सामाग्री प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेल र सुरक्षा कमीहरू राहत ओसार्ने काम गरेका थिए।

शनिवार राहत बुझेर आजै उत्तरी नाम्खा गाउँपालिका तर्फ पटाइएको छ। हिमपहिराेबाट तिल गाउँका १९ घरधुरीका ३३ जना स्थानीय त्रिपालमुनि रहेका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.