पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङमा
सोमबार चीनियाँ कम्युनिष्ट पार्टीको सम्वाद कार्यक्रमको उद्घाटन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख वक्ता रहने

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ९ दिने चीन भ्रमणको क्रममा गोञ्जाओ हुँदै राजधानी पुग्नुभएको छ ।
बैइजिङमा बेइजिङमा उहाँलाई चीनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उच्च अधिकारीहरुका साथै चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले स्वागत गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारी आजै उहाँको स्वागतमा चीनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रय विभागले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुभयो । पूर्व राष्ट्रपति भण्डारीलाई चीनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ जियाञ्चाओले स्वागत गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलमा पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, पूर्वमन्त्री तथा एमाले नेता कर्णबहादुर थापा, सांसद देवी भट्टचन, पूर्व सांसद गोमा देवकोटा र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट हुनुहुन्छ ।
यसैगरी मदन भण्डारी फाउण्डेशनका डा कैलाशकुमार भण्डारी, डा भेषराज अधिकारी र विनय केसी लगायत विभिन्न क्षेत्रका समेत गरी १५ जना प्रतिनिधिमण्डलमा रहनुभएको छ ।पूर्व राष्ट्रपति भण्डारीले सोमबार चीनियाँ कम्युनिष्ट पार्टीको सम्वाद कार्यक्रमको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्नुहुने कार्यक्रम छ ।।





प्रतिक्रिया राख्नुहोस्