खर्क व्यवस्थापनमा किसानलाई सधाउँदै वन कार्यालय

धादिङ –  हिमाली र उच्च पहाडी भेकमा बसोबास गर्ने स्थानीयको जिविको पार्जनमा सुधारका लागी सरकाले पशु पालनलाई व्यवसायीक बनाउन विभिन्न कार्यक्रमहरू सुरु गरेको छ ।

विशेष गरी हिमाली र उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई चौँरी, भेडा र बाख्रा पालनका लागी बढावादिन डिभिजन वन कार्यालय धादिङको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष र गण्डकी जलाधार जलवायु उत्थानशील नामक एक संस्थाको आयोजनामा कार्यक्रम सञ्चालन गरेको हो ।

जल वायु परिवर्तनको असर हिमाली र उच्च पहाडी भागमा रहेर पशुपालन गर्ने किसानहरूमा पनि परेको भन्दै वातावरण अनुकूल राख्न पनि यो निकै महत्त्वपूर्ण हुने बुझाई सहभागीहरूको छ ।

जिल्लामा नै पहिले पटक उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका स्थित सबै भन्दा विकट बस्ती लिङ्गजोमा पशु पालनका लागी खर्क व्यवस्थापनमा किसानहरूलाई प्रशिक्षण समेत दिइएको छ । खर्क व्यवस्थापनलाई सुधार गर्दै स्थानीय जनताको जिविकोपार्जन सुधारका लागी यस्ता नयाँ कार्यक्रमहरू सञ्चालन सुरु गरेको हो ।

उच्च पहाडी र हिमाली क्षेत्रमा विशेष गरी भेडा बाख्रा र चौँरी जस्ता पशुपालनलाई विशेष प्रामाणिकतामा राखी सरकारले समेत किसानहरुलाइ अनुदानको व्यवस्था गर्नु पर्ने माग सो क्षेत्रका स्थानीय पशु पालक किसानहरूको छ ।

गाउँमा युवा जनशक्तिको अभावका कारण पौराणीक तरिकाबाट पशुपालन गर्दै आएका किसानहरूले खर्कको व्यवस्थापनमा खासै आधुनिकता नल्याएको भन्दै खर्क हिमाली र उच्च पहाडी भागमा रहेर पशुपालन गर्ने किसानहरूको जिविको पार्जनको मुख्य आधार भएको भनाई डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनु भएको छ ।

पछिल्लो समयमा जल वायु परिवर्तनको असरले गर्दा खर्कमा घाँसहरू लोप हुँदै गएको पानीको मात्रा कम भएको उहाँले बताउनु भएको छ । जस्ले गर्दा पनि हिमाली र उच्च पहाडी क्षेत्रमा पशु पालक किसानहरूलागि निकै महत्त्वपूर्ण मानिएको खर्कको अस्तित्व नै सङ्कटमा पर्दे गएको उहाँको भनाई छ । खर्क बचाई पशुपालनलाई बढवा दिनका लागी उच्च पहाडी र हिमाली क्षेत्रमा हुने उन्नत जातको घाँस लगाउने खर्क चिस्यानका लागी अग्ला स्थानहरूमा पानीको रिचार्ज पोखरी निर्माण गर्नु पर्ने आवश्यकता देखिएको छ ।

सरकाले त्यस्ता क्षेत्रमा रहेर पशुपालन गर्दै आएका किसानहरूलाई गोठ सुधार,पशु बिमालगायत औषधी उपचारको लागी सहयोग गर्नु पर्ने माग किसानको छ । हाल रुवी भ्यालीको लिङ्गजोमा मात्रै ६३ घर परिवार किसानहरूले आठ हजार भन्दा धेरै भेडा ,तिन सय चौँरी र सत्र नाकलगायत दश ओटा याक पाल्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.