संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले ‘डान्स भक्तपुर डान्स’ प्रतियोगिता दोस्रो राउन्ड सम्पन्न
६ वर्षे बालकदेखि ९० वर्षका वृद्धसम्मका सहभागी

भक्तपुर – कला संस्कृतिका माध्यमबाट भक्तपुरको चिनारी अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन तथा परम्परागत नृत्यबाट पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन भक्तपुरमा नाचगानलाई प्राथमिकता दिन थालिएको छ ।
भक्तपुर भ्रमणमा आउने पर्यटकले परम्परागत नृत्यलाई मन पराउन थालेपछि यहाँका नगरपालिकाले एकल गायन तथा नृत्य प्रतियोगिता थालेका हुन । प्रतियोगितामा ६ वर्षका नानीबाबु देखि ९० वर्षका वृद्धसमेत सहभागी भएका छन् ।

यसैबिच नगरकोट भ्रमण वर्षलाई सफल पार्न राईजिङ्ग स्टार डान्स सेन्टरको आयोजनामा भएको दोस्रो चरणको डान्स भक्तपुर डान्स खुल्ला एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिकामा सम्पन्न प्रतियोगितामा एक सय ३६ जना प्रतिस्पर्धीले भाग लिए । जसले युवाको प्रतिभा र सांस्कृतिक पहिचान उजागर मात्रै होइन सांस्कृतिक पहिचान समेत झल्काएका थिए ।
कार्यक्रममा जिल्लाका ३८ वटै वडाबाट प्रतिनिधित्व गर्दै आएका २ सय ७२ जना प्रतिस्पर्धीले कडा नृत्य प्रस्तुति दिएका थिए । प्रतियोगिताको बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले प्रमुख अतिथिको आसनबाट बोल्दै चाँगुनारायणको कला, संस्कृति, पर्व र पर्यटकीय सम्भावनालाई यसले थप उजागर गर्ने तथा भ्रमण वर्षलाई सार्थक बनाउन यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
नगरप्रमुख जीवन खत्रीले प्रतियोगिता नगरकोट भ्रमण वर्षअन्तर्गत आयोजना गरिएको प्रमुख कार्यक्रममध्ये एक भएको बताउनुभयो । प्रमुख खत्रीले भन्नुभयो, “डान्स भक्तपुर डान्सले युवाहरूको क्षमता उजागर गर्न मात्र होइन, समग्र जिल्लाको सांस्कृतिक परिचयलाई उजागर गर्न मद्दत पु¥याएको छ ।”

कार्यक्रम प्रतिभा उजागर गर्ने माध्यम मात्र नभई सांस्कृतिक प्रवर्द्धनको अङ्ग समेत भएको उहाँको भनाइ छ । पहिलो चरणमा २ सय ७२ जना प्रतिस्पर्धी सहभागी भएको प्रतियोगिताबाट १ सय ३६ जना सहभागी भएको र यसबाट ६४ जना छनोट भएको कार्यक्रमका संयोजक दिनेश अवालले बताउनुभयो । तेस्रो चरणमा ३२ जना र अन्तिम चरणमा १६ जना प्रतिस्पर्धी छानिने उहाँको भनाइ छ । प्रतियोगिताको फाइनल भने असार ७ गते कृषि विकास बैङ्क लिको तालिम केन्द्र मध्यपुर थिमी नगरपालिकाको बोडेमा हुने छ ।
फाइनल चरणबाट प्रथम हुने प्रतिस्पर्धीले रु १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ र चार जनालाई जनही १० हजार रुपैयाँ मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्राविधिक मापदण्डका आधारमा निर्णायक मण्डलले प्रतियोगिताको मूल्याङ्कन गर्ने छन् ।
नृत्यको प्रस्तुति, तालमेल, सिर्जनात्मकता, अनुशासन र शारीरिक लयलाई मुख्य मापदण्ड बनाइएको छ । फाइनल चरणमा सांस्कृतिक कार्यक्रम, पर्यटकीय प्रचारप्रसार सामग्री र स्थानीय उत्पादनको प्रदर्शनीलाई व्यापक बनाउने जनाएको छ । यस्तै मध्यपुर थिमीको दिव्यश्वरी प्लानिङमा भएको प्रतियोगितामा ६वर्षका बालबालिका देखि ९० वर्षका वृद्धसम्मले नृत्य तथा गायनमा भाग लिएका छन् । मध्यपुर नग देशका चन्द्रबहादुर बादेले मञ्चमा आफ्नो प्रस्तुति दिँदै बुद्धको देशमा कनै पनि हिंसा नुहुनुपर्ने बताउनुभयो । कला संरक्षणमा सबैको देन आवश्यक रहेको जिकिर गर्नु भयो ।






प्रतिक्रिया राख्नुहोस्