चितुवाको आक्रमण वाट एक जना घाइते

स्याङ्जा – स्याङजाकाे वालिङ नगरपालिका ११ तल्लो पेखुमा चितुवाको आक्रमण वाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा ४५ वर्षका मुक्त बहादुर थापा रहेका छन् । घर नजिकै कुखुराको खोरमा चितुवा पसेको हेर्न गएका थापालाई अचानक चितुवाले आक्रमण गरेको स्थानीयले बत्ताएका छन् । घाइते भएका थापाको टाउको,तथा हातमा चोट लागेको छ ।
सो क्षेत्रमा दिनहुँ जसो पशु चाैपायालाई आक्रमण गदै आएको स्थानीयले बत्ताएका छन् ।
चितुवाको आक्रमण वाट घाइते भयका थापालाई वालिङ स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पटाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरिले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्