काभ्रे र सिन्धुपाल्चोकमा ‘मनसुन–५’ विपद् प्रतिकार्य अभ्यास- फोटो फिचर

काभ्रे- आगामी मनसुन यामलाई मध्यनजर गर्दै काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लामा संयुक्त रूपमा विपद् प्रतिकार्य अभ्यास कार्यक्रम ‘मनसुन–५’ काभ्रेको भुम्लु गाउँ“पालिका वडा नं १० स्थित दोलाल घाटमा सम्पन्न गरिएको छ ।
मङ्गलवार सम्पन्न सो अभ्यास कार्यक्रम जिल्ला स्थित श्री नं २६ बाहिनी अड्डाको आयोजनामा गरिएको हो । कार्यक्रममा विपद् प्रतिकार्य अभ्यास तथा उद्धार कार्यको प्रदर्शनी गरिएको थियो। स्थानीय श्रोत साधनको प्रयोग गरी बाढीको समयमा उद्धार, उद्धारकर्मीद्वारा अस्ट्रेलियन र र्यापलिङ्ग विधि प्रयोग गरी उद्धार, उद्धारकर्मीद्वारा रबर बोटको प्रयोग गरी बाढीको समयमा उद्धार, उपर वाटर रिभर क्रसिङ रेस्क्यु, पलिङ्ग विधि प्रयोग गरी उद्धार, हाइ लाइन रेस्क्यु लगायतको अभ्यास गरिएको थियो ।
उक्त अभ्यासमा श्री इन्द्र ध्वज गण सिन्धुपाल्चोक, श्री श्रीमेहर गण र श्री त्रिनेत्र दल गण काभ्रेपलान्चोकका युनिट लगायत सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीको सहभागितामा संयुक्त अभ्यास गरिएको थियो । उक्त अभ्यासमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक र सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण, जिल्ला अस्पताल सिन्धुपाल्चोक, नेपाल रेडक्रस सोसाइटी, एन.सी.सी. एल्मुनाई एसोसिएसन, मेलम्ची नगरपालिकाको कार्यालय र भुम्लु गाउँ“पालिकाको कार्यालयको सहकार्य र सहयोग रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उपत्यका पृतनापति उपरथी विष्णु राउतले उपस्थित जनाउदै विपद् प्रतिकार्यमा सतर्क र सचेत रहनु पर्नेमा जोड दिनुभयो । उहाँका अनुसार, विपद्को समयमा सूचना तथा सञ्चार महत्त्वपूर्ण भूमिका रहने र यथार्थ सूचना प्रवाहमा विशेष ध्यान दिनुपर्नेछ । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतम, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा, काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, मेलम्ची नगरपालिकाकी उप–प्रमुख उमा प्रधानले विपद् पूर्व तयारीलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिनुभयो । कार्यक्रममा विपद् उद्धारमा प्रयोग गरिएका सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो ।













प्रतिक्रिया राख्नुहोस्