प्रतिनिधि सभाको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बसेको बैठकमा प्रतिपक्षीदलहरुले भिजिटभिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि दोस्रो पटक दिउसो २.३० बजेका लागि बोलाइको थियो । यस अघि सुरुमा आधा घण्टाका लागि स्थागित बैठक स्थगित गरिएको थियो ।   बैठक सूचना टास गरी भोलि ११ बजे बस्न गरी स्थगित गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यस अघि आजको बैठकमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलले संसदको बैठक अवरुध्द पारे पछि सभामुखले आधा घण्टाको लागी संसद बैठक स्थगित गर्नु भएको छ ।

सभामुखले संसद बैठक सुरू गर्नासाथ सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्ने समय दिनुभयो ।

सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा’मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्नुहुँदै मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्नु भयो ।संसद बैठक सुचारु गर्न अहिले प्रयास भइरहेको संसद सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.