पूर्वराष्ट्रपति भण्डारीद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जली

काठमाडौं – चीन भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपति भण्डारीले तियानमेन स्क्वायर पुगेर माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारी त्यहाँ पुग्दा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ उहाँलाई स्वागत गर्नुभएको थियो । समारोहमा चिनियाँ उच्च अधिकारीहरू सहित नेपाली प्रतिनिधी मण्डलको उपस्थिती रहेको थियो ।

नेपाली प्रतिनिधि मण्डलले १० लाख मानिसको सहभागितामा १४ बर्षको समय लगाएर बनेको फरविडन सिटीको अवलोकन पनि गरेको टोलीमा सहभागी नेपाल टेलिभिजनका क्यामरापर्सन टेकबहादूर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.