मेरो विरुद्धको आक्रमण राजनीतिक पूर्वाग्रह प्रेरित छ: गृहमन्त्री लेखक ( भिडियो)

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले आफुविरुद्ध नियोजित ढंगले आक्रमण भइरहेको र यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताउनु भएको छ । गृहमन्त्री लेखकले आज संसद भवन वानेश्वरमा पत्रकार सम्मेलन गर्दै भिजिट भिषा विषयलाई लिएर आफुविरुद्ध भइरहेको आक्रमण राजनीतिक प्रतिशोध र पूर्वाग्रह भएको बताउनु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गर्नुभएको छ । भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक रूपमा षड्यन्त्र भएको बताउनु भयो ।

उहाले भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि भइरहेको अनुसन्धानमा आफूलाई जोड्नु अन्याय भएको पनि उल्लेख गर्नु भयो ।
यसमा आफ्नो कुनै संलग्नता नभएको र आफ्नो विरुद्ध नियोजित ढङ्गले आक्रमण गरिएको पत्रकार सम्मेलनमा उहाले प्रष्ट पार्नुभयो । अख्तियारबाट हुने कारबाहीलाई आफुले खुला मनले स्वागत गर्ने बताउदै आयोगको अनुसन्धानमा कही कतैबाट पनि प्रभावित पार्न नहुने बतउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री लेखकले पछिल्ला तीन आर्थिक वर्षको अख्तियारमा दर्ता भएका उजुरीहरूको तथ्यांक समेत सार्वजनिक गर्नुभएको थियो । पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएकोमा ती उजुरीहरू अधिकांश कुनै न कुनै मन्त्रालय, विभाग वा सार्वजनिक कार्यालयका राष्ट्रसेवक कर्मचारी वा पदाधिकारीमाथि परेका र यस्ता उजुरी आधारमा अहिलेसम्म कति मन्त्रीहरूले राजीनामा दिएका छन् भनी प्रतिप्रश्न गर्नुभयो । आफ्ना विरुद्ध कहीँ उजुरी नपरेकोले राजीनामा दिनु नपर्ने उहाको भनाइ थियो ।

कर्मचारीमाथि अनुसन्धान हुँदैमा त्यसको सम्पूर्ण जिम्मेवारी मन्त्रीमाथि थोपरिने परिपाटी गलत हुने उहाको धारणा छ । राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीमाथि भइराखेको अनुसन्धानलाई राजनीतिक नेतृत्वमाथि जोड्दै जाने हो भने कसरी सम्भव हुन्छ भनी प्रश्न गर्नु भयो ।

अख्तियारको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई आफूले अन्यत्रबाट ल्याएर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नपठाएको समेत गृहमन्त्रीले प्रष्ट पार्नुभएको छ । प्रतिनीधि सभा बैठकमा अवरोधका कारण सम्बोधन गर्न नपाएपछि गृहमन्त्री लेखकले नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकार सम्मेलन गर्नुभएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र यस बिषयमा छानविन गर्न उच्चस्तरीय छानविन समित गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल माओवादी, रास्वपासहितका विपक्षी दलले प्रतिनिधिसभामा अवरोध पुर्याउदै आएका छन्

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.