पूर्वराष्ट्रपति भण्डारी चीनको गान्सु प्रान्तमा आयोजित विभिन्न कार्यक्रममा सहभागी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीनको गान्सु प्रान्तमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति भण्डारीसंग गान्सु प्रान्तको डुनहाउङमा गान्सु प्रान्तका सरकारका प्रतिनिधिहरु तथा कम्युनिष्ट पार्टीका नेताहरुले भेटवार्ता गर्नुभयो ।

त्यसवखत उहाँहरुबीच द्वीपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भयो । राजधानी बेइजिङबाट हिजो गान्सु प्रान्तको डुनहाउङ पुग्नुभएका पूर्व राष्ट्रपति भण्डारीले त्यहाको स्थानीय जनजीवनको अवलोकन र जानकारी लिनुभयो । चीनको उत्तर पश्चिममा अवस्थित डुनहाउङ गोबी मरुभूमी र सिल्करोडको प्रमुख आकर्षक विश्रामस्थलकारुपमा समेत परिचित छ ।

डुनहाउङमा चौथो शताव्दीदेखिका पुरातात्विक र प्राकृतिक गुफाहरुका बौद्ध प्रश्तर प्रतिमाहरु देख्न पाइन्छ । स्थानीय ग्रामीन जनजीवनको अवलोकनका क्रममा पूर्व राष्ट्रपति भण्डारीले गान्सु सरकारको सहयोग र चिनियाँ कम्युनिष्ट पार्टी स्थानीय कमिटीको पहलमा सञ्चालित होम स्टेबारे पनि जानकारी लिनुभयो ।

त्यसवखत उहाँले होम स्टेले ग्रामीण जनतामा उद्यमशीलताको विकासका साथै आय आर्जनमा पुगेको सहयोगका बारेमा स्थनीय जनताबाट जानकारी हासिल गर्नुभयो । पूर्व राष्ट्रपति भण्डारीले ग्रामीण स्तरको होम स्टेबाट स्थानीयको जीवनस्तरमा पुगेको योगदानको प्रशंसा समेत गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.