राजनीतिक परिवर्तनले सामाजिक-आर्थिक विकासमा तीव्रता आएको छ: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना दिनुहुँदै शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभेच्छा व्यक्त गर्नुभएको छ ।

गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न उहाँले आव्हान गर्नुभएको छ ।

लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहिद‌हरूप्रति श्रद्धासुमन अर्पण गर्दै गणत‌न्त्र नेपाली जनताको लामो र कठोर संघर्षको मूर्त रूप भएको शुभकामना सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

यस ऐतिहासिक राजनीतिक उपलब्धीको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउनु सबैको साझा दायित्व भएको भन्दै गर्दै उहाँले राजनीतिक परिवर्तनले मुलुकको सामाजिक-आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको र हौसला प्रदान गरेको उल्लेख गर्नुभएको छ ।

शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकास‌मा एक स्तरका उपलब्धीहरू हासिल भएको उहाँको भनाइ छ।

आर्थिक रूपले सुसम्पन्न नेपाल बनाउने महाअभियानलाई सार्थक तुल्याउने दिशामा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.