आर्थिक सर्वेक्षण २०८१/८२ संसदमा पेस, बजेट वक्तव्य आजै ३ बजे

काठमाडौँ- चालु आर्थिक बर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संसदमा पेस गर्नुभएको हो ।
हिजोसम्म प्रतिनिधि सभाको बैठक अबरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरुले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिने भनेपछि अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको थियो ।
आर्थकि सर्वेक्षण पेश गर्दै अर्थमन्त्री पौडेलले यस वर्षको आर्थिक बृद्धिदर ४.६१ प्रतिशत हुने उल्लेख गर्नुभयो ।
मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उहाँको भनाइ थियो ।
आर्थिक सर्वेक्षण संसदमा पेश गर्नुअघि नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले संसदमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्नुपर्ने संबैधानिक वाध्यतालाई बुझेर अबरोध नगर्ने बताउनुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्