स्वरोजगार बनाउन महिलाहरूलाई सीपमूलक कार्यक्रम

नुवाकोट-  महिलाहरूलाई सिप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले नुवाकोटमा युवा सीपमूलक कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रममा ८० प्रतिशत प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्ले नुवाकोटका विभिन्न स्थानका युवा महिलाहरूलाई निःशुल्क सिप विकास तालिम सञ्चालन गरेको हो । सो ६५ दिने प्रशिक्षण विदुर नगरपालिका ९ कोलोनीमा सञ्चालन भइरहेको छ ।

सहभागी २० जना युवा महिलाहरूलाई शिला सुनुवारले सिलाई कटाइका विभिन्न सिप सिकाइरहनुभएको  छ । यस वाट बेरोजगार  महिलाहरू स्वरोजगारमा क्रियाशील हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.