हेटौडा-काठमाण्डौ पोडवे सेवा सम्भाव्यता अध्ययन गरिंदै

मकवानपुर- सरकारले यस आर्थिक बर्ष २०८२/८३ को बजेटमा हेटौडादेखि काठमाण्डौसम्म पोडवे सेवाको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

हेटौडादेखि काठमाण्डौ चल्ने रोपवे बन्द भएका कारण यसको बिकल्पमा आधुनिक प्रविधिको पोडवेको सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

बिहिबार आगामी आर्थिक बजेटको कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री माननीय बिष्णु पौडेलले उक्त घोषणा गर्नुभएको हो । हेटौडा उपमहानगरपालिका वार्ड नं -१ चौकीटोलमा अवस्थित अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हेटौडा-काठमाण्डौ जोडने रोपवे सन् १९६४ सालमा स्थापना भएको थियो ।

रोपवे मुख्यतया उपभोग्य सामग्री ढुवानी गर्ने उदेश्यले स्थापना भएको थियो । करिब ४२ किलोमिटर लामो यो रोपवे नेपाल सरकार खाद्य संस्थान अन्तर्गत संचालन हुँदा सस्तो र भरपर्दो यातायातको बिकल्पको रुपमा संचालनमा रहेको थियो ।

यो रोपवे करिब सन् १९९४ देखि बन्द अवस्थामा छ । मकवानपुर क्षेत्र नं २ का सांसद तथा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पोडवे संचालन गर्न संसदमा नै माग गर्नुभएको थियो ।

अहिले अध्ययन सुरु गर्न लागिएको आधुनिक प्रविधिको पोडवे संचालन गर्न सके ढुवानी खर्च बचत हुनुका साथै बाढी पैरोको जोखिमका कारण राजमार्ग अबरुद्द हुँदा पनि ढुवानीको भरपर्दो बिकल्पको रुपमा रहने भएकोले काठमाण्डौमा समानको अभाव नहुने विश्वास गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.