जङ्गली च्याउ सेवन गर्दा पाँच जना बिरामी

भरतपुर-    भरतपुर महानगरपालिका वडा नं–२९ स्थित लामा गाउँमा जङ्गली च्याउ सेवन गर्दा एकै परिवारका चार जना सदस्यसहित पाँच जना बिरामी परेका छन्।

भरतपुर–२९ का ८२ बर्सिया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी मनमाया गुरुङ, ४ बर्सिया नातिनी आरिया गुरुङ र छिमेकी ४५ बर्सिया सानुमाया परियार जङ्गली च्याउ खाएपछि बिरामी परेका हुन्।

बिरामीहरूलाई भरतपुरस्थित सरकारी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार बिरामीहरूलाई झाडापखाला, बान्ता र पेट दुख्ने लक्षण देखिएको छ। उपचारमा पुन्टी गुरुङकी छोरी टङ्कमाया गुरुङ संलग्न रहेको प्रहरीले जनाएको छ।

जङ्गली च्याउ खाँदा सतर्क रहन आग्रह गरेको छ। हरेक वर्ष वर्षा यामको सुरुवातसँगै यस्ता घटना दोहोरिने गरेको हुँदा सावधानी अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.