कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै

दाङ – दाङमा पछिल्लो समय कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ ।
परम्परागत खेती प्रणालीबाट थोरै मात्र आम्दानी हुने भएपछि किसानहरू पछिल्लो समय आधुनिक खेतीबाट मनग्गे लाभ लिन थालेका हुन् । खासगरी बेमौसमी तरकारी खेती गर्दै आइरहेका किसानले यसबाट बढी लाभ लिइरहेका छन् । आधुनिक खेतीले थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सकिने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । किसानहरूको आवश्यकतालाई मध्यनजर गर्दै आगामी वर्ष मल र विषादी छर्न ड्रोनको व्यवस्था गर्न लागिएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले बताउनुभयो । त्यसका लागि प्रदेश सरकारसँग बजेट माग समेत भइसकेको कार्यालयले जनाएको छ ।
प्रविधिको प्रयोग मार्फत किसानहरूले थोरै समय र थोरै खर्चमा ठुलो क्षेत्रफलमा सहज रूपमा खेती गर्न सकुन् भन्ने उद्देश्यले प्रविधिमा अनुदान दिन लागिएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्