गत्लाङमा एक घर एक धारा निमार्ण

रसुवा –  रसुवाको आमाछोदिङ्मो गाउँपालिका तीन गत्लाङका प्रत्येक घरघरमा एक घर एक धारा जडान भएको छ । बर्षाै देखि राम्रो व्यवस्थापन नभएका कारणले पानीको स्रोत भएर पनि अभाव झेल्दै आएका स्थानीय बासिन्दाहरू गत्लाङ खानेपानी आयोजना निमार्ण सम्पन्न भए सँगै पानीको समस्या बाट मुक्त भएका छन् ।
तत्कालीन अवस्थामा गाउँविकास समितिको लगानीबाट गत्लाङमा १० देखि २० घरका लागि सामूहिक धारा निमार्ण गरी संन्चालनमा ल्याइएको थियो । एक करोड रुपैयाँको लागतमा निमार्ण गरिएको खानेपानी आयोजनाको सोर प्रतिशत गाउँपालिका चार प्रतिशत जनश्रमदान तथा असी प्रतिशत सहारा नेपालको लगानी रहेको छ । चार सय चौध वटा धारा निमार्ण गरिने भनिए पनि अहिले तीन सय चालिस घरधुरीमा एक घर एक धारा निमार्ण गरी संन्चालनमा ल्याइएको हो । कष्टपूर्ण दैनिकी चलाएका यहाँका बृद्ध बृद्धा तथा महिलाहरूलाई घरघरमै अब शुद्ध पानी पाउने भए पछि खुसी भएका छन् ।
 तामाङ सम्पदामार्गमा पर्ने यो गाँउ बिगतमा ब्यालक भिलेज नामले समेत परिचित गाँउ हो । कमिलाको ताँती झैँ देखिने यो गाँउमा निमार्ण गरिएको एकघरएकधाराको पानीको निकास नहुँदा अहिले प्रयोग कर्ताहरूलाई भने चुनौति नै बनेको छ ।
पानीको निकास तथा नालीको ब्यबस्थापन गर्नका लागि गाँउपालिकाले सहयोगी संस्था सहारा नेपाललाई पुर्नबिचार गर्न अनुरोध गरे पछि निमार्णका लागि पहल अघि बढेको बताईएको छ ।
एकघरएकधारा निमार्णको काममा केहि समय ढीलाई भए पनि पानी संन्चालनमा आएकाले वडाको सानोतिनो बजेट बाट खानेपानी जेनतेन मर्मत गर्दै चलउन पहल गर्दै दिर्घकाल सम्म यसको व्यवस्थापन र संरक्षणका लागि भने समिति नै बनाएर अघि बढने वडा अध्यक्ष सुरेन्द्र तामाङ बताउनु हुन्छ ।
पूर्ण सरसफाइको उद्देश्य अनुसार एक घर एक धारा अनिवार्य हुनुपर्ने नेपाल सरकारले लिएको लक्ष्य अनुसार दातृ निकायहरुको सहयोगमा स्थानीय सरकारले अन्य वडाहरुमा समेत एक घर एकधाराको निमार्णको कार्य गर्दै जाने गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.