बोगटानमा  सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन

डोटी-  हरेक समुदायका आम नागरिकलाई स्वास्थ्यको पहुँच बिस्तार गर्न र बर्षौ देखि स्वास्थ्य सेवाको सहज पहुँच बाट वञ्चित रहेका स्थानीय लाई स्वास्थ्य सेवाको पहुँच सम्म पुर्‍याउने उद्देश्यले  डोटीको बाेगटान फुडिसल गाउँपालिका वडा नं.२ केदार अखडाको  किप लामा  सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ ।

स्थानीय मेखराज जोशीले निःशुल्क रूपमा जग्गा दान दिए पछि करिब ७ लाख २० हजार रुपैयाँको लागतमा २ कोठे भवन निर्माण गरिएको र सामुदायिक स्वास्थ्य इकाई स्थापना भए पछि सामान्य औषधिको लागि पनि घण्टौँ हिँडेर टाढा सम्म जानू पर्ने बाध्यताको अन्त्य हुने बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भरत बमले बताउनु भयो ।

गाउँपालिकाले नागरिकलाई सहजरुपमा स्वास्थ्यसँगै आधारभूत सेवा  पुर्‍याउन भूमिका खेलिरहेको गाउँपालिका उपाध्यक्ष बिष्ना देउवा बमले बताउनु भयो ।

खास गरेर महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि विभिन्न खालका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनु भयो । सामान्य बिरामी हुँदा पनि घण्टौँ हिँड्नुपर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.