तामाङ समुदायका महिलाहरूका लागि घरेलु सीप

रसुवा – उद्योग तथा वाणिज्य कार्यालय रसुवाले रसुवाको आमाछोदिङ्मो गाउँपालिका तीन गत्लाङमा महिलाहरूका लागि उद्यमशीलतामा आधारित सीप प्रदान गरेको छ । विशेष गरी तामाङ समुदायले चाड पर्व विवाह  भोज लगायत विशेष कार्यक्रममा लगाइने कपडाहरूको बुनाई सम्बन्धी उद्यमशीलतामा आधारित सीप प्रदान गरेको हो । सिप विकासमा सहभागी महिलाहरूले तामाङ जातिको पहिचान लाई जीवन्त राख्न चाडपर्व तथा विवाहमा लगाइने श्यामा, पाङ्कप, पटुका, जस्ता समाग्रीहरु बुन्नेका छन् ।

चार जना महिलाहरू घरको काम सकेर फुर्सदको समयमा हाते तानबाट बुन्दा ढिलो हुने भए पनि यसको बजार मूल्य राम्रो भएकाले आयआर्जनमा थप सहयोग पुग्ने हुँदा करिब पन्ध्र वर्ष पछि यहाँका महिलाहरूले यस प्रकारको उद्यमशीलतामा आधारित सिप प्राप्त गरेको वडा नम्बर चारका वडा अध्यक्ष सुरेन्द्र तामाङको भनाई छ ।

चार सय घर परिवार रहेको यस गाउँमा स्वदेशी कच्चा पदार्थ र सीप प्रयोग गरी परम्परागत तरिकाले तयार गरिने कपडाको माग धेरै भए पछि  पुरानै उपकरणको सहायताले कपडा बुनाईशीप लाई माग अनुसार निरन्तरता दिएको उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रमुख वृहस्पति तामाङले बताउनुभयो ।

घरेलु तान बुनाई कार्यलाई प्रोत्साहित गर्न र परम्परागत सीपलाई थप परिष्कृत गर्दै महिलाहरूको जीबीको पार्जनमा सहयोग पुग्ने  उद्देश्यका साथ संन्चालन गरिएको उद्यमशीलतामा आधारित सीपले तामाङ समुदायले लगाउने पोसाक को मागलाई पूर्णता दिँदै महिलाहरूको आय आर्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.