सुदुरपश्चिम प्रदेशका भुतपूर्व मुख्यमन्त्री सोडारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – सुदुरपश्चिम प्रदेशका भुतपूर्व मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा हाल प्रदेशसभा सदस्य समेत रहेका दोडारीविरुद्ध एक करोड ८ लाख ३८ हजार ३२० रुपैयाँ भ्रष्टाचार गरेको अभियोग दर्ता गरेको हो।
आयोगले सोडारी अघिल्लोपटक प्रदेशसभा सदस्य भएको २०७४ माघ ०७ गतेदेखि मिति २०७९ फागुन १० गतेसम्मको जम्मा पाँच वर्षको आयव्ययका आधारमा सोडारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुद्दा दर्ता भएसँगै सोडारीको सांसद पद निलम्बनमा परेको छ।





प्रतिक्रिया राख्नुहोस्