ल्यापटप चोरीको आरोपमा पक्राउ

गोरखा  – अजिरको गाउँपालिकाको एक विद्यालयको ल्यापटप र अन्य सामाग्री चोरी गरेको आरोपमा हंसपुरका १ जना युवकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अजिर कोट गाउँपालिका–३ हंसपुरका १९ वर्षीय युवक अर्जुन परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उनका अनुसार जेठ १५ गते मङ्गलवार लप्सिबोटमा रहेको ज्ञानज्योती माध्यमिक विद्यालयको २ थान ल्यापटप, ल्यापटपको चार्जर १ थान, स्पिकर १ थान, प्रोटेवल डिभाइस २ थान र टर्च लाइट २ थान चोरी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको हो ।

विद्यालयको चोरी भएको सामान सहित प्रहरीले परियारलाई पक्राउ गरेर चोरी मुद्दा दर्ता गराएको छ । जेठ १९ गते गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.