प्रतिनिधि सभाको बैठक फेरि सर्यो, विपक्षीदलहरुको अडान कायमै
भोलि दिउसो १ बजे बस्ने गरी आजको बैठक स्थगित

काठमाडौँ– प्रतिनिधि सभामा हुँदै आएको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान विपक्षीहरुले लिएपछि घिमिरेले बोलाएको बैठक निश्कर्षममा पुग्न नसकेको हो ।
बैठकमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक फेरि सारिएको छ। आज बिहान ११ बजेका लागि बस्ने भनिएको बैठक प्रतिपक्षीले गृहमन्त्रीको राजीनामा दिनुपर्ने अडान लिएपछि पटक पटक सारिदै आएको छ ।
११ बजे पछि १ बजे सारिएको बैठक १ बजे पनि बैठक बस्न सकेन। त्यसपछि दिउँसो ३:१५ का लागि संसद सचिवालयले सूचना टाँस गरेर सारेको बैठक अझै सुचारु हुन सकेन भने । बैठक पुन भोलि १ बजे सम्मका लागि स्थगन गरिएको सभामुखको सचिवालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्