महोत्तरीमा सर्पको टोकाइले १७ वर्षीय कर्मचारीको मृत्यु

महोत्तरी– महोत्तरीको डिभिजन वन कार्यालय, लक्ष्मिनियामा कार्यरत १७ वर्षीय करार कर्मचारी रुपेश महतोको सर्पको टोकाइले मृत्यु भएको छ।

उनलाई राति १ बजे सुतिरहेको बेला पेट र तिघ्रामा तीन पटक सर्पले टोकेको थियो। उपचारको क्रममा आज बिहान ५:१५ बजे जनसेवा अस्पताल, बर्दिबासमा उनको मृत्यु भएको हो। मृतक एक वर्षदेखि महोत्तरीको डिभिजन वन कार्यालयमा भान्सेको रूपमा कार्यरत थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.